Teej Special


बुटवल पब्लिक स्कुलमा हरितालिका तीज-२०८३ भव्य रूपमा सम्पन्न!

​आज बुटवल पब्लिक स्कुल (Butwal Public School) मा हरितालिका तीज-२०८३ को पावन अवसरमा विशेष सांस्कृतिक कार्यक्रम अति नै हर्षोल्लासका साथ सम्पन्न भएको छ।

​कार्यक्रममा हाम्रा प्यारा शिक्षक र विद्यार्थीहरूले प्रस्तुत गर्नुभएको सांस्कृतिक गीत तथा मनमोहक नृत्यका प्रस्तुतिहरू अत्यन्तै हृदयस्पर्शी र प्रशंसनीय थिए। परम्परागत नेपाली पोसाकमा सजिएका विद्यार्थीहरूको प्रतिभा र उत्साहले सम्पूर्ण वातावरणलाई उत्सवमय बनाएको थियो।

​यसै पावन अवसरमा विद्यालय व्यवस्थापन पक्षबाट सम्पूर्ण महिला शिक्षक तथा गैर-शिक्षण (non-teaching) कर्मचारीहरूलाई उहाँहरूको अतुलनीय योगदानको कदर गर्दै मायाको चिनो (Token of Love) प्रदान गरी तीजको शुभकामना आदानप्रदान गरियो।

​बुटवल पब्लिक स्कुल परिवारको तर्फबाट हाम्रा सम्पूर्ण आदरणीय अभिभावक, मिहिनेती शिक्षक तथा कर्मचारी वर्ग, र प्यारा विद्यार्थी भाइबहिनीहरूमा हरितालिका तीज-२०८३ को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ